संसद पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीकाे दाबी

 १८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना नहुने दाबी गरेका छन् । नेकपा ओली समूहको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले देश चुनावमा गएको र निर्वाचन आयोगले चुनावको तयारी थालेको बताए ।

नेकपा ओली समूहका अध्यक्ष रहेका उनले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । साथै उनले  प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई चुनावमा दुई अंकको सिट ल्याएर देखाउन चेतावनी दिए ।

प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले आफूलाई जानकारी नदिइ राष्ट्रपतिकहाँ गएर विशेष अधिवेशन माग गर्नु, संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्नु लगायत रहेको बताए । तीन वर्षदेखिका विधेयक संसदीय समितिमा लगेर अड्काएकाले पनि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गरिएको बताए ।

कतिपयबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कुप्रचार गरिएको भन्दै आफूसँग लगभग दुई तिहाई रहेको र पनि निर्वाचन चाहियो भनेकाले पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीको ठोकुवा थियो । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।

[sidebar name="button post"]