१७ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नो गुट निर्माण गर्न लागेका छन् । नेकपामा अहिले तीन कित्ता रहेको भन्दै गौतमले अहिले आफ्नो गुट छुट्टै रहेको बताएका हुन् ।
शुक्रबार पहिलो पटक राष्ट्रिय सभा बैठकमा सहभागी भएका गौतमले पत्रकारको जिज्ञासामा नेकपामा अहिले आफ्नो छुट्टै गुट रहेको बताएका हुन् । ओली र प्रचण्डको छ्ट्टै कित्ता हुँदा तेस्रो कित्ता आफ्नो भएको गौतमको दाबी छ ।
प्रतिनिधि सभा विघटनको भने आफू विपक्षमा रहेको वामदेवले बताए। प्रचण्डले आफ्नो पक्षमा आउन आग्रह गरेपनि त्यो आग्रह अस्वीकार गरेको गौतमको भनाई छ । प्रधानमन्त्री ओलीले आफूलाई दैनिक आफ्नो गुटमा आउन आग्रह गरेपनि त्यो ओलीको कदमलाई समर्थन गर्न नसकिने गौतमको भनाई छ ।
नेकपा दुई कित्तामा विभाजन हुँदा पनि गौतम अहिलेसम्म कतै लागेका छैनन् । उनले फेरि दुई कित्ता भएको नेकपालाई मिलाउने प्रयास गरिरहेका छ्न ।












