Ad #144479

१२ पुष, काठमाडौं । वरिष्ठ चिकित्सक डा। गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शब्दमा चेतावनी दिएका छन् । संसद विघटनको निर्णयप्रति आपत्ति जनाउँदै डा.केसीले ओलीलाई पूर्वराजा ज्ञानेन्द्रको हालत नबिर्सन चेतावनी दिएका छन् ।

आइतबार प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यही दिन उक्त प्रस्ताव राष्ट्रपतिले स्वीकृत गरेकी थिइन्।

डा. केसीले यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको मात्र निजी सम्पत्ति नभएको भन्दै कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई जसरी नागरिकले ओलीलाई पनि थन्को लगाउन सक्ने चेतावनी दिएका हुन् ।

अहिले संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा पुगेको छ। सर्वोच्चले सरकारलाई यससम्बन्धी कारण देखाऊ आदेश जारी गरेको छ।