१२ पुष, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका दुवै समूहका शीर्ष नेताहरुलाई भेटेकाे खबरले नयाँ दिल्लीमा भने हलचल सिर्जना गरेको छ ।
भारतका प्रमुख सञ्चार माध्यमहरुले उनको भेटलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको नेपाली नेताहरुसँगको भेटले नयाँ दिल्लीमा एक खालको हदचल सिर्जना गरेको हाे ।
भारतीय सञ्चार माध्यमहरुले चिनियाँ राजदूतले नेकपालाई विभाजनबाट जोगाउन अन्तिम प्रयास गरेको समाचारमा उल्लेख गरेका छन् । त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका उपविदेशमन्त्रीको नेपाल भ्रमण सम्बन्धी समाचारलाई पनि उनीहरुले निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले नेकपालाई फुट्नबाट जोगाउन अन्तिम प्रयास गर्ने उदेश्यले चिनियाँ राष्ट्रपतिले विशेष टिम पठाउन लागेको उल्लेख गरेको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतले नेपालका प्रमुख नेताहरुलाई भेटेपछि सो टिम पठाउन लागेको पत्रिकाले उल्लेख गरेको छ ।









