१२ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।
केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका छन् । यसैबीच, संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए ।
[sidebar name="button post"]









