१० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्दैछन् । शुक्रबार बेलूकी प्रधानमन्त्री ओलीले ८ जना मन्त्री थप गर्न लागेका हुन् ।
विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र एमालेतर्फबाट मिलाएर प्रधानमन्त्री ओलीले मन्त्री बनाउन लागेका हुन् । पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन्।
त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको बालुवाटार स्रोतले जनाएको छ । नवनियुक्त मन्त्रीको शपथ केहीबेरमा शीतलनिवासमा हुँदैछ ।












