१० पुष, काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी र नेकपाका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार नेपालकै निवासमा चिनियाँ राष्ट्रपति र अध्यक्ष नेपालबीच भेटवार्ता भएको नेकपाका नेता विष्ण रिजालले बताएका छन् ।
भेटमा उनीहरुबीच दुई मूलुकको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । तर पछिल्लो समय नेकपा विभाजन भएपछि चिनियाँ राजदूतको सक्रियता बढेको छ । यसअघि उनले प्रचण्डसँग खुमलटारमै पुगेर भेटवार्ता गरेकी थिइन् ।
यसअघि नेकपा फुटको संघारमा पुग्दा चिनियाँ राष्ट्रपतिले विवाद मिलाउने भूमिका खेल्ने गरेकी थिइन् । तर यसपटक उनको प्रयास सफल हुन सकेन, परिणामतः नेकपा विभाजन भएरै छाडेको छ ।












