Ad #144479

७ पुष, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहने निष्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने बताए । प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जसअनुसार ८ पुषमा सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० पुसमा सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ पुसमा सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ पुसमा काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि उनले बताए ।