Ad #144479

 ७ पुस , काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका केपी ओली पक्षधरले निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली बुझाएका छन्। मंगलबार बिहान केपी ओली पक्षधरको सूची आयोगमा बुझाएको हो।

प्रधानमन्त्री ओली पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक आज बिहान बालुवाटारमा बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी सदस्यहरु थपी नाम निर्वाचन आयोगमा पठाएको हो।

सदस्यहरुको नामावली आयोगमा प्राप्त भएको छ । केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने ओली समुहले तयारी गरिरहेको छ । नेकपा दाहाल-नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक बबरमहलस्थित कार्की ब्याक्वेँटमा भइरहेको छ। बैठकले छलफलका लागि नौवटा एजेन्डा तय गरेको छ।