६ पुस, काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले ओली र प्रचण्डको भेलामा नजाने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।
तर गजुरेलले दुवै भेलामा नजाने बताएका हुन् । पछिल्लो समय ओलीतिर ढल्किएका हरिबोल प्रचण्डबाट पनि सन्तुष्ट छैनन् ।
[sidebar name="button post"]











