१ पुष, काठमाडौं । केपी ओलीको ज्यादतिविरुद्ध पार्टी संरचना निरिह देखिएपछि नेकपा आवद्ध सांसद्हरु नै अघिसरेकाछन् । संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने ओलीको चालबाट दिग्दार भएका सांसद्हरुले आज विशेष अधिवेशन बोलाउन राष्ट्रपति गुहारेका छन् ।
सत्ताधारी दलका सांसद्हरुले हस्ताक्षर गरी शीतल निवासमा बुुझाउन गएकाहरुलाई राष्ट्रपति कार्यालयले भने सहयोग गरेन । हस्ताक्षरसहितको निवेदन दर्ता गर्न खोज्दा राष्ट्रपति कार्यालयका सचिब नै देखापरेनन् । लामो समय कुर्दासमेत सचिब अनुपस्थित रहेकाले सांसद्हरुले सचिबालयमा दर्ता गरेकाछन् ।
[sidebar name="button post"]









