Ad #144479

३० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको आज बसेको आकस्मिक बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।

सत्तारुढ नेकपा भित्र बढिरहेको सत्ता संघर्षकै बीच प्रधानमन्त्री केपी ओलीले यो विधेयक जारी गर्न सिफारिश गरेका हुन् । ओलीले परिषदको बैठक राख्न पटक पटक प्रयास गरेपनि सदस्य रहेका सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिले प्रभावित भइरहेको छ । आजै साँझ ५ बजेका लागि परिषदको बैठक डाकिएको छ ।

पार्टी भित्रका विरोधीले असहयोग गरेको भन्दै ओलीले यस्तो विधेयक ल्याउनुपरेको जानकारी मन्त्रिपरिषद बैठकलाई गराएका थिए । ओलीको यो निर्णयले पार्टी भित्रको द्वन्द्व अझै चर्कने निश्चित छ । भोलि दिउँसो १ बजे स्थायी कमिटी बैठक आह्वान गरिएकोछ ।