Ad #144479

३० मंसिर, काठमाडौं । संबैधानिक परिषदमा गणपुरक संख्या पु¥याउन प्रधानमन्त्री केपी ओलीलाई हम्मेहम्मे परेपछि उनी अध्यादेश ल्याएरै भएपनि आफ्नो अभिष्ट पूरा गर्ने निश्कर्षमा पुगेकाछन् ।  यस प्रयोजनका लागि ओलीले अहिले भर्खरै आकस्मिक रुपमा मन्त्रिमपरिषदको बैठक डाकेकाछन् ।

ओलीको सरकारी निवास बालुवाटारमा अहिले बैठक जारी छ ।  सामान्यतः मन्त्रिपरिषद बैठक हप्ताको दुई दिन सोमबार र बिहिबार बस्ने प्रचलन छ । तर आज मंगलबार एक्कासी बैठक बोलाइएको खबर पाएपछि मन्त्रीहरु हस्याङफस्याङ गदै बालुवाटार दौडिएका थिए ।  बालुवाटार निकट स्रोतका अनुसार, आज बिहान बोलाइएको परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएकाले ओलीले यस्तो व्यवस्था गर्न लागेका हुन् ।

अब आउने अध्यादेशमा विपक्षी दलको नेताको उपस्थिति अनिवार्य गरेर गणपुरक संख्या घटाइने व्यवस्था गर्न लागिएको बताइएकोछ । आजै साँझ ५ बजेका लागि परिषद बैठक डाकिएकोछ ।