२९ मंसिर, काठमडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशव्यापी रुपमा सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ । सरकारका गलत र स्वेच्छाचारी गतिविधिका विरुद्ध भन्दै कांग्रेसले ७७ वटै जिल्लामा एकदिने प्रदर्शन गर्न लागेको हो ।

यसैबीच, काठमाडौं उपत्यकामा पनि प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई काठमाडौंमा खटाएको छ ।














