Ad #144479

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहना खोजिरहेका बेला नेकपाको स्थायी कमिटी बैठक १५ मीनेटमै सम्पन्न भएको छ । नेता कमान सिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो । बैठक सम्पन्न हुने भएपछि ओली सहभागि भएका थिए ।

यसअघि पहिलो बैठकमा उनी उपस्थित थिएनन् । अध्यक्षद्धय ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सचिवालय बैठकले टुंगो लगाउन नसकेपछि यो विवाद स्थायी कमिटीमा पुगेको हो । प्रचण्डले स्थायी समितिमा छलफल गर्न चाहेपनि ओली भने छलफलमै सहभागि हुन मानिरहेका छैनन् । जसकारण नेकपाभित्रको विवाद झन् चर्किदो छ ।