२५ मंसिर, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लामो समयदेखि बस्न नसकेको संवैधानिक परिषदको बैठक बाेलाएका छन् । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि आउँदो आइतबार बैठक बोलाइएका हुन् ।
मंसिर २८ गते आइतबारका लागि बैठक बोलाइएको जानकारी आएको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । बालुवाटार स्रोतका अनुसार, बैठक पर्सि बिहान ९ बजेका लागि तय भएकाे छ । संवैधानिक आयोगहरुमा रिक्त पदपूर्तिका लागि लामो सयमदेखि भागबण्डा चलिरहेका बेला ओलीले बैठक बोलाएका छन् ।












