Ad #144479

२५ मंसिर, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आज साँझ क्याबिनेट बैठक बोलाएका छन् ।पार्टी भित्रको किचलो मिलाउन नसकेको अन्योलका बीच आज साँझ ४ बजे ओलीले मन्त्रिमण्डलको बैठक डाकेका हुन् ।

बैठक नियमित भनिएपनि के अजेण्डा हो भन्ने प्रष्ट छैन । यस्तै बालुवाटार स्रोतका अनुसार, पर्सि मंसिर २८ गते आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषदको बैठकसमेत उनले बोलाएका छन् ।

संवैधानिक आयोगहरुमा रिक्त पदपूर्तिका लागि लामो सयमदेखि भागबण्डा चलिरहेका बेला ओलीले बैठक बोलाएकाछन् ।