नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, ओली र प्रचण्डका प्रस्तावमाथि छलफल

२० मंसिर, काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमा सुरु भएको आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पनि सहभागी भएका छन् ।

२५ दिनको लामो संवादहिनता तोड्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच सचिवालय बैठक बस्नु पूर्व एक लामो वार्ता भएको छ । यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष  ‘प्रचण्ड’ले एकल प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

[sidebar name="button post"]