खुमलटारमा प्रचण्डलाई भेटेपछि ईश्वर शीतलनिवास

१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल खुमलटार पुगेका छन् । पोखरेल विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ । यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

तर समस्याको जड ओली नै भएको भन्दै प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गरिदिए । त्यसपछि ओलीको छटपटाहट अझै चुलिएको छ । आज बिहानै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले पोखरेललाई खुमलटार पठाएका हुन । खुमलटारमा प्रचण्डलाई भेटेपछि ईश्वर अहिले शीतल निवास पुगेका छन् ।

[sidebar name="button post"]