बालुवाटारमा ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा दुई देशबीच यसअघि भएका सम्झौता र आगामी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीसहितको वार्ता टोलीसँग भेटवार्ता गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् ।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर चिनियाँ रक्षामन्त्री स्वदेश फर्किने कार्यक्रम छ ।

[sidebar name="button post"]