Ad #144479

११ मंसिर, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई आज साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गर्नुभएको हो ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गर्नुभएको जानकारी दिनुभयो । आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।