११ मंसिर, काठमाडौं । भारतले कोरोना भाइरसविरुद्धको खोप बन्नेवित्तिकै नेपाललाई खोप दिने बताएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीसँगको भेटमा कोरोनाको खोप बन्नेवित्तिकै नेपाललाई दिने बताएका हुन् ।
भारतमा अहिले धेरै भ्याक्सिन बनेपनि त्यो परीक्षणकै चरणमा छन् । कोरोनाविरुद्धको खोप सफल भएपछि नेपाललाई तत्कालै उपलब्ध गराउने बचन श्रृंगलाले दिएका छन् । विगतदेखि अहिलेसम्म कोरोनालाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको पनि उनको भनाई छ । खासगरी नेपालमा चीनको पकड रहन नदिन भारतले अनेक साथ सहयोगको आश्वासन दिने गरेको छ ।












