Ad #144479

८ मंसिर, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी नेपालको इलाम र ताप्लेजुङतर्फ लागेका छन् । सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा उनी पूर्वी नेपालको भ्रमणमा गएका हुन् ।

ओलीले ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी घुम्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको फाउन्डेसनकी अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन् ।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई आउने कार्यक्रम रहेको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक किचलो बढेपछि प्रधानमन्त्री ओली मन शान्त बनाउन उपत्यका बाहिर निस्कने गरेका छन् ।