७ मंसिर, काठमाडौं । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । काठमाडौंका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको सरुवा भएको हो ।
उनीहरुको ठाउँमा काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई सीडीओ भएर आएका छन् । उनीहरु एक बर्ष पुगेपछि सीडीओबाट सरुवा भएका हुन् । काठमाडौंका सीडीओ अख्तियारबाट सरुवा भएर आएका हुन् ।
भक्तपुरका सीडीओ भने यसअघि धनुषाका प्रमुख जिल्ला अधिकारी थिए । पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका नाममा महिनौ लकडाउन गरेको भन्दै उनीहरु आलोचित भएका थिए । नयाँ सीडीओ आएपछि काठमाडौंमा फेरि लकडाउन हुने हल्ला पनि बढेको छ ।












