७ मंसिर, काठमाडौं । तीन वटा सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रामबहादुर थापा बादलले पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भेट गरेलगत्तै गृहमन्त्रीले सिंहदरबारमा भेट गरेका हुन् ।
गृहमन्त्री बादलले नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएर गोप्य छलफल गरेका हुन् ।
यसअघि उनीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए । गृहमन्त्रीसँग सेनापति पूर्णचन्द्र थापाले भने भेट गरेनन् । सेना अहिले प्रधानमन्त्री मातहत छ । रक्षामन्त्रालय प्रधानमन्त्री आफैले राखेकाले सेना प्रधानमन्त्री मातहत बसेको हो ।












