बालुवाटारमा नेकपा बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकका लागि १५ मिनेट अगाडि नै बालुवाटार पुगेका थिए भने अन्य नेताहरु पनि तोकिएको समय १ बजे नै पुगेका छन् ।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न खोजेका थिए। तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।

आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ । सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुगेका थिए ।

सचिवालय बैठक बस्ने समयमै मन्त्रिपरिषद् बैठक बस्ने जानकारी मन्त्रीहरुलाई हिजो साँझ दिइएको थियो । तर, बुधबार विहान प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारेका हुन् ।

तस्विर सौजन्य – प्रम सचिवालय
[sidebar name="button post"]