Ad #144479

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

आज दिउँसो बस्ने  नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। तर बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा छन्। आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।