२८ कार्तिक, काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवादका विषयमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले पछिल्लो समय पार्टीभित्र देखिएको विवाद, दुई अध्यक्षबीचको आन्तरिक अन्तरसंघर्ष र यसले पार्टी कार्यकर्ता र सरकारलाई पर्न गएको असरबारे प्रतिवेदन तयार पारेर बैठकमा पेश गरेका हुन् ।
प्रचण्डको प्रतिवेदन सबै सचिवालय सदस्यलाई वितरण गरिएको छ । प्रतिवेदन पढेर मंसिर ३ गते बोलाइएको सचिवालय बैठकमा थप छलफल हुने बताइएको छ । पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा अध्यक्ष ओली र प्रचण्डबीच पछिल्लो समय पत्र आदानप्रदान भएको थियो ।
यसले दुई अध्यक्षबीच विवाद बढेको स्पष्ट देखिएपछि समाधान के हुने ? भन्ने खुलेको छैन् । सोही कारण अध्यक्ष प्रचण्डले अहिलेका सबै समस्या समाधान गर्ने खाकासहितको प्रतिवेदन पेश गरेका हुन् ।












