Ad #144479

२७ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निर्णायक आक्रमण गर्ने रणनीति प्रचण्ड र माधव नेपाल पक्षले बनाएको छ । शुक्रबार ओलीले सचिवालय बैठक बोलाएसँगै प्रचण्डले रणनीतिका लागि खुमलटारमा माधव नेपाल पक्षलाई समेत बोलाएका थिए ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीले पद र शक्तिको धम्की दिएकाले अब निर्णायक आक्रमण गर्ने निष्कर्ष निकालेको हो । यद्यपी यसका लागि सामूहिक रुपमा एक मतका साथ प्रस्तुत हुने नेताहरुको भनाई छ ।

खुमलटार भेलामा प्रचण्डसँग वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले दबाब दिएपछि ओलीले भोलि दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बोलाएका छन् ।

यसअघि ओलीले बैठक बोलाउन अस्वीकार गरेका थिए । बैठकमा पार्टी एकता, सरकार सञ्चालन, मन्त्रीहरुको नियुक्ती, प्रदेश विवाद लगायतका विषयमा छलफल हुनेछ ।