सचिवालय बैठक बाेलाउन ओलीलाई प्रचण्डकाे प्रस्ताव

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको सचिवालय बैठक सकिएको छ। आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रचण्डसहित पाँच सचिवालय सदस्य उपस्थित अनौपचारिक बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले कार्तिक २७ गते सचिवालय बैठक राख्ने आशा गरेका छन् ।

तर यसमा ओलीले सहमति जनाएका छैनन् । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम भएकाले पर्सि २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गरेका छन्

प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए। आज बैठक बस्नुअघि प्रचण्डले ओलीसँग पनि बालुवाटार गएर भेटेका थिए।

बालुवाटारको भेट लगतै प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर बैठक माग गर्ने चार नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।

[sidebar name="button post"]