प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरू आज भेला हुने तयारीमा छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच ४ बजेपछि छलफल हुने बताइएको छ।
उनीहरूले पार्टी कार्यालय धुम्बाराहीमा भेला गर्ने तयारी गरेका छन्। यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए।
सचिवालय सदस्यहरूले बुझाएको पत्रका आधारमा विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए।
स्रोतका अनुसार सचिवालय सदस्यहरूले बुझाएको पत्रमा प्रधानमन्त्री ओलीले विधान अनुसार गर्नु भनेर तोक लगाएका थिए। प्रचण्डसहित ५ सचिवालय सदस्यहरू भने बैठक आह्वान गर्न ढिलो गर्न नहुने अडानमा छन्।









