Ad #144479

२० कार्तिक, काठमाडौं । वार्ताका लागि बालुवाटार नजाने नेकपाका अध्यक्ष प्रचण्डको घोषणालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गतिलो जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले आफूविरुद्ध रचिने प्रचण्ड र माधव नेपालका हरेक षडयन्त्र असफल पार्ने घोषणा गरेका छन् ।

कोटेश्वरमा बसेर आफूविरुद्ध निरन्तर षडयन्त्रमूलक योजना बनेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताएका हुन् । मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डका कुनै पनि योजना सफल नभएको र अझै पनि रचिने षडयन्त्र सफल हुन नदिने बताएका हुन् ।

उनले आफूलै कुनै हालतमा राजीनामा नदिने र राजीनामा दिन बाध्य पार्ने जुनसूकै योजना पनि तुहाउने चेतावनी दिएका छन् । यता प्रचण्डले बालुवाटार नजाने र ओलीले पनि माधव नेपाल र प्रचण्डको योजना सफल हुन नदिने बताउनुले नेकपाको विवाद उत्कर्षमा पुगेको बुझ्न सकिन्छ । यसले फूटको संघारमा पुगेको नेकपा अब चोइटिन मात्रै बाँकी रहेको विश्लेषकहरुको विश्लेषण छ ।