नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमान चढेर उनी काठमाडौं आएका हुन् ।
नरवाणेको सुरक्षाका लागि पहिलो विमान अवतरण गरेको थियो । त्यसलगत्तै उनी चढेको विमान काठमाडौंमा उत्रिएका हुन् । पछिल्लो समय सीमा विवादका क्रममा नरवाणेको टिप्पणीको नेपालमा विरोध भएको थियो ।
नेपाल भारत सम्बन्ध सुधार्न नरवाणे काठमाडौं आएको भनिएको छ । उनको भ्रमणका क्रममा काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।












