प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको रणनीतिक तयारीका लागि थापागाउँमा बसेको नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा माधव नेपाल पक्षको बैठक सकिएको छ । दिउँसो ३ बजेपछि बेलूकी ७ बजेसम्म थापागाउँमा जारी भेलाले केही महत्वपूर्ण निर्णय गरेको अनुमान छ ।
झण्डै चार घण्टा लामो छलफलमा ओलीविरुद्धको आन्तरिक रणनीति, स्थायी समिति बैठक, केन्द्रिय समिति बैठकको माग लगायतका विषयमा छलफल भएको नेताहरुको भनाई छ । बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृषिमन्त्री घनश्याम भुषाल लगायतको सहभागिता थियो ।
भेलामा ठोस सहमतिभन्दा पनि ओलीसँग भएको भेटवार्ता र छलफलको विषयमा प्रचण्डले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पद बाँडफाड तथा भूमिकामा कुरा नमिल्दा नेकपाको आन्तरिक कलह समाधान हुन सकेको छैन् ।












