नेविसङ्घले पाएन पूर्णता

छ महिना बितिसक्दा पनि नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०को तदर्थ समितिले पूर्णता पाउन सकेको छैन ।

छ महिनाभित्र नेविसङ्घको १२ औँ महाधिवेशन सम्पन्न गर्ने गरी बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राजीव ढुङ्गानाको अध्यक्षतामा विस २०७६ फागुन १ गते तदर्थ समिति गठन गरेको थियो । सङ्घको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको करिव १३ महिनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन भएको थियो । समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे हुनुहुन्छ ।

पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेको सङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ ले आरोप लगाउनुहुन्छ । सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसकेको उहाँको भनाइ छ । पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने उहाँको माग छ ।

सङ्घका अध्यक्ष ढुङ्गानाका अनुसार कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकिएको हो । पार्टीले पूर्ण समिति नल्याएका कारण महाधिवेशन प्रक्रिया अगाडि बढाउन नसकिएको हो र समितिलाई पूर्णता दिएसँगै सङ्घलाई महाधिवेशन उन्मुख बनाउने उहाँको महामन्त्री भट्टराईको भनाइ छ ।

अग्र मोर्चामा उभिएर मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा काम गरेको सङ्घको कार्यसमितिले पूर्णता नपाउँदा ठूलो समस्या उत्पन्न भएको छ । नेविसङ्घको तदर्थ समितिलाई चाँडो पूर्णता दिनेबारे पार्टीभित्र छलफल भइरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

[sidebar name="button post"]