सभामुखले रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा बैठकमा गराएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ ।

सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् । सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ ।