३० असोज, काठमाडौँ । सत्ता गठबन्धनले काठमाडौँमा आज प्रशिक्षण दिने भएको छ। काठमाडौँ जिल्लाका निर्वाचन क्षेत्रमा दिएको उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण दिइन लागिएको हो।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहको उपस्थितिमा काडाँघारीमा कार्यक्रम हुने भएको हो।
कार्यक्रम दिउँसो १ बजे काडाँघारीमा हुने माओवादी केन्द्रका काठमाडौं, जिल्ला इन्चार्ज कुमार पौडेलले जानकारी दिए।
[sidebar name="button post"]









