२८ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् ।
उनी अहिले काठमाडौं ४ का उमेदवार पनि हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “म त अबको १० वर्ष काम गर्छु । मरेर काम गर्छु, जति सक्छु गर्छु । ठ्याक्क १० वर्षपछि मोबाइल स्वीच अफ गर्ने हो आफ्नो बाटो लाग्ने हो । मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो । त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् र हुनैपर्छ । उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।”
[sidebar name="button post"]









