Ad #144479

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फका उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै पार्टी सभापतिका प्रत्यासी समेत रहेका वरिष्ठ नेता डा. शेखर कोइराला समूह आन्दोलनमा उत्रिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले एकलौटी गरेको विराेधमा कोइराला समूहले पार्टी कार्यालय सानेपामा आज धर्ना दिएको छ ।गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।

धर्ना कार्यक्रम केहीबेर अघिबाट पार्टी कार्यालयमा जारी छ । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ ।