असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी

काठमाडौं: ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहितामा १२ राजनीतिक दलले कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् ।

आइतबार आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आचारसंहिताको कार्यान्वयनको प्रतिबद्धतापत्रमा हस्ताक्षरका लागि केन्द्रीय कार्यालय कान्तिपथ डाकेको थियो । आयोगले नेपाल राजपत्रमा आचारसंहिता प्रकाशित गरिसकेको छ । तर, लागू हुने मिति भने आयोगले तोकेको छैन, आयोगले तोकेको मितिबाट मात्रै आचारसंहिता लागू हुनेछ । सम्भवतः केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी आयोगको छ ।

आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले आयोग पुगेर आचारसंहिता कार्यान्वयनपत्रमा हस्ताक्षर गरेका हुन् ।

विभिन्न १२ पार्टीका अशीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन भन्दै सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित आचारसंहिता १३ भदौमा नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

[sidebar name="button post"]