कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएको बताए।
चितवनमा सत्तागठबन्धनले आज गरेको चुनावी सभामा बोलेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।
‘कांग्रेसको प्रतिपस्धी माओवादी होइन। एमाले हो,’ उनले भने, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’
ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूले २०१७ साल पुष १ गते सम्झिएको पौडेलले बताए।
गठबन्धन नभएको भए केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने पनि उनले बताएका थिए।
[sidebar name="button post"]











