१८ बैशाख, काठमाडौं । एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् ।
बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको उनले दाबी गरे । आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उम्मेदवार स्थापितले शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’को संज्ञासमेत दिँदै विभिन्न आरोप लगाएका छन्। बालेन शाह ‘फुच्चे भएको, उपत्यकाको जनसंख्या नै थाहा नपाएको, मशेधको साह भएको तर आफूलाई ठकुरी भनेर ढाँटेको र अन्तर्राष्ट्रिय ठग’ भएको आरोप उनले लगाएका हुन्।
[sidebar name="button post"]











