काठमाण्डौमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : अध्यक्ष ओली 

१८ वैशाख, काठमाण्डौ। एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाण्डौमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताएका हुन् । 

‘काठमाण्डौको मेयर भइसकेका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । उहाँ यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनैले गरेका हुन् । विकास र समृद्धिका अनुभवीलाई काठमाण्डौको उम्मेदवार बनाइएको छ,’ उनले भने । 

काठमाण्डौलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको दाबी गरे । 

[sidebar name="button post"]