काठमाण्डौको मेयरमा कांग्रेसकी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराइन्

काठमाण्डौ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाण्डौ महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएकी छिन् ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।

उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् । उप प्रमुख भने नेकपा एकीकृत समाजवादीले पाएको छ ।

[sidebar name="button post"]