स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमालेले आफ्ना एजेण्डाबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
बैठक सोमबार बेलुका ६ बजेका लागि बोलाइएको नेकपा एमालेले जनाएको छ ।
साँझ सचिवालय बैठक बस्नुअघि केन्द्रीय कार्यालयको बैठकमा छलफल हुने जनाइएको छ । केन्द्रीय कार्यालयको बैठक बिहान ११ बजे बस्नेछ ।
दुवै बैठकमा वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवार र घोषणापत्रबारे छलफल हुने एमाले नेताले जानकारी दिएका छन् ।
[sidebar name="button post"]









