सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दैछ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।

आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो । तर, दलहरू आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो । हिजोको बैठकमा नेपाली कांग्रेसले ६ वटै महानगरपालिकामा आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेकपा माओवादी केन्द्रले भरतपुर महानगर छाड्न मानेन भने दुईवटा उपमहानगरमा पनि दाबी कायमै राख्यो ।

नेकपा एकीकृत समाजवादी०ले महानगरपालिकामा पोखरा मागेको छ भने उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ । जनता समाजवादी पार्टी जसपाले पहिल्यैदेखि वीरगन्ज दाबी गरेको छ ।

 

[sidebar name="button post"]