प्रधानन्यायाधीशले आफूबाहेक १० इजलास गठन गर्दै २२२ मुद्दाको पेसी तोके

३ मंसिर, काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेका छन् । आन्दोलित न्यायाधीशलाई समेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् ।

यता न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ ।

[sidebar name="button post"]