कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा बस्ने

२१ कार्तिक, काठमाण्डौ। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभएको हो । बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ ।

बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ ।