कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

१६ कार्तिक, काठमाण्डौ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।

शाहीलाई प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि शाही कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन्।