१७ असोज, काठमाण्डौ। नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ ।
गोदावरीमा जारी एमालेको पहिलो विधान महाधिवेशनमा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै नेता विष्णु पौडेलले प्राप्त सुझावका आधारमा पदाधिकारीको संख्या तय गरिएको बताए।
अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने छन्। पदाधिकारीको सचिवालय रहने छ।
एमालेको विधान महाधिवेशन आइतबार सकिँदै छ।












